काठमाडौं– सत्तारुढ गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)ले विधान महाधिवेशनको मिति तोकेको छ।
जसपाको फागुन १६ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान महाधिवेशनको मिति तय गरेको हो।
जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले २०७९ असार १ र २ गतेका लागि विधान महाधिवेशनको मिति तोकिएको जानकारी दिएका छन्।
फागुन १६ गतकै बैठकले यही फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको पनि अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।