काठमाडौं- प्रतिनिधि सभाको बुधबारको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सबा १ बजे सुरु भएको हो।
आजको बैठक पनि नेकपा एमालेले अवरोध गरेको छ। गत भदौ २३ गतेदेखि बैठक अवरोध गर्दै आएको एमालेले त्यसलाई निरन्तरता दिएको हो।
आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटा पनि सहयोगी भएको भन्दै एमालेले सदनमा नाराबाजी गर्दै आएको छ। बुधबारको बैठक सुरु हुनासाथ एमालेका सांसद्हरु वेल घेराउन गर्न पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।