काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने अनौपचारिक बैठकमा पार्टीका भातृ संगठनको विधानका विषयमा छलफल हुने पार्टी कार्यालय सचिव केशव रिजालले जानकारी दिए।
आजको बैठकले कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधान छलफल गरेर सुझावसहित पारित गर्ने सम्भावना रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।