काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक बुधवार बस्दै छ। देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम तथा स्थानीय चुनावको तयारीबारे छलफल गर्न बैठक आह्वान गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका छन् ।
बैठक बुधवार दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी र भावी कार्ययोजनाबारे छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।
आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजङ्ग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदन पेस गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।