काठमाडौं– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफ्नो देशलाई माया गर्ने देशभक्त बन्न आग्रह गरेका छन्। अन्य मुलुकलाई गाली गर्ने राष्ट्रभक्तिको कुनै महत्त्व नरहेको उनको भनाइ छ।
आन्तरिक तथा बाह्य पुँजी परिचालन गरी देशको विकास गर्नु अबको आवश्यकता भएको उनको भनाइ छ। ‘अब एमसीसीबारे माथापच्ची गर्नुसट्टा कसरी आन्तरिक र बाह्य पुँजी/प्रविधि परिचालन गरेर दुई दशकसम्म दुई अंकको वृद्धिदर हासिल गर्ने र नेपाललाई तेस्रो विश्वबाट पहिलोमा पुर्याउने भन्ने विमर्श थाल्नु उपयुक्त हुनेछ,’ भट्टराईले ट्विटरमा भनेका छन्, ‘अर्को देशलाई गाली गर्ने राष्ट्रवादी हैन, आफ्नो देशलाई माया गर्ने देशभक्त बनौं।’
हालै प्रतिनिधि सभाबाट अनुमोदित एमसीसी ठीक कि बेठीक भन्ने बहस जारी रहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत अब यसमा माथापच्ची गर्नुको साटो देशलाई तेस्रो विश्वबाट पहिलोमा पुर्याउने विमर्श थाल्नु उपयुक्त हुने सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।