काठमाडौं- देशभरका कानुन व्यवसायीहरुको भेलाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई जुनसुकै अवस्थामा स्वीकार गर्न नसक्ने निर्णय गरेको छ।
जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भइसकेको भन्दै मंगलबार सकिएको राष्ट्रिय भेलाले उनी कुनै पनि अवस्थामा सर्वोच्च फर्कन नमिल्ने जनाएको हो।
‘अब जुनसुकै अवस्थामा पनि चोलेन्द्र शम्शेर जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसक्ने उद्घोष गर्दछ,’ बारको २४ बुदेँ घोषणापत्र भनिएको छ,‘नेपाल बार एशोसिएसनको भेलाले दर्ता भएको महाअभियोग प्रस्तावमाथि कारबाही प्रारम्भ गरी पारित गर्न सबै दललाई आह्वान गर्दछ।’
जबराको बर्हिगमन न्यायपालिकाको प्रस्थानविन्दु भएको भन्दै भेलाले भ्रष्टाचार, सेटिङ र पूर्वाग्रहमा परी न्यायालयलाई विचलन ल्याउन शंकास्पद भूमिकामा देखिएका न्यायाधीशहरुमाथि छानबिन गर्नसमेत माग गरेको छ।
जबराविरुद्व सत्तारुढ दल नेपाली कांग्रेसले फागुन १ गते महाअभियोग दर्ता गरेको थियो। महाअभियोग दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।
यस्तो छ बारको २४ बुदेँ घोषणापत्र :-





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।