काठमाडौं– राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएको छ। पछिल्लो समय विभिन्न जिल्ला समितिहरु धमाधम गठन भइरहेका छन्।
यसैक्रममा मंगलबार पार्टीको सुर्खेत जिल्ला अध्यक्षमा जीवन चन्द र रसुवा जिल्ला अध्यक्षमा टीका प्रसाद देवकोटालाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।
जनवर्गीय संगठन केन्द्रीय समिति घोषणा सभाको तयारी पनि अन्तिम चरणमा पुगेको राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिए।
केही दिनभित्रै विद्यार्थी , युवक र महिला संगठनको घोषणा सभा तयारी भएको बर्तौलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।