काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका छन्।
मंगलबार दिउँसो ४ बजे हात्तीवन पुगेका प्रचण्ड र श्रेष्ठबीच आधा घण्टा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ। दुई नेताबीच छलफल भएको विषय भने थाहा हुन सकेको छैन।
तर, एमसीसीको विषयमा दुई नेताबीच विवाद बढेको सार्वजनिक भइसकेको विषय भएकाले सोही सन्दर्भमा कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ।
नारायणकाजी श्रेष्ठ एमसीसीलाई प्रतिनिधि सभाबाट पारित गर्ने कुराको विरोधी थिए। तर, प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित पारित गर्न सहमति जनाएका थिए। सोही अनुसार आइतबारको प्रतिनिधि सभाले सो विषयलाई टुंगो लगाएको छ।
श्रेष्ठले सार्वजनिक रुपमै पार्टीको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। जसप्रति प्रचण्डले पनि असन्तुष्टि जनाएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठलाई सार्वजनिक रुपमा नबोल्न र आफ्नो कुरा केन्द्रीय कमिटीमा राख्न भनेको तर नमानेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।