काठमाडौं– अभिनेत्री सञ्चिता लुँइटेलले पल शाह प्रकरणमा आफ्नो धारणा राखेकी छिन्।
उनले सामाजिक सञ्जालमा पछिल्लो समय बालबालिकाको प्रयोग गरि कुनै पनि व्यक्तिको इज्जत र प्रतिष्ठामाथि आँच आउने र चरित्रहत्या गर्ने किसिमका पोष्टहरु बढिरहेकाले त्यसलाई बन्द गर्नुपर्ने बताएकी छिन्।
‘पछिल्लो प्रकरणसँग जोडेर धरै आपत्तिजनक भिडियोहरु टिकटकमा भाइरल भइरहेको छन्,’ सञ्चिताले भनेकी छिन्, ‘यस्तो कार्यमा धेरै बालबालिकाको पनि प्रयोग भइरहेको पाएको छु, जुन अत्यन्तै चिन्तथाजनक कुरा हो।’
लुँइटेलले कानुनले निरुपण गर्न बाँकी रहेको विषयमा कसैको पनि व्यक्तिगत इज्जत र प्रतिष्ठामा आाच आउने चरित्रहत्या गर्ने किसिमका पोष्टहरु बन्द हुनुपर्ने बताएकी छिन्। उनले यस्तो क्रियाकलापबाट बालबालिकालाई टाढा राख्नुपर्ने बताएकी छिन्।
‘दोषी र निर्दोषी छुट्याउने काम कानुन र अदालतको हो,’ उनले भनेकी छिन्, ‘त्यत्तिञ्जेल सबैले धैर्य गर्नुको विकल्प छैन। सामाजिक सञ्जालको अनावश्यक होहल्ला र गालीगलौजले न्याय सम्पादनको प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।