काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई 'धम्की' दिएको बताएका छन्। उनले सभामुख ओलीको धम्कीदेखि डराउन नहुने र उनले भन्दैमा खुरुक्क घुँडा टेक्न नहुने बताए।
ओलीले सभामुखले राजीनामा नदिए महाभियोग लगाउने बताएपछि त्यसको प्रतिवाद गर्दै नेपालले आफूहरु सभामुखको पक्षमा दरो रुपमा उभिने घोषणा समेत गरे।
‘हामी सभामुखको पक्षमा दृढताकासाथ उभिन्छौं। सभामुखले खुरुक्क राजीनामा दिने, घुँडा टेक्ने भन्ने हुँदैन। त्यो पनि केपी ओलीकासामु घुँडा टेक्ने भन्ने पनि हुन्छ? त्यो नचिताए हुन्छ’ मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा नेपालले भने, ‘हामी उहाँको पक्षमा दृढताका साथ उभिन्छौं। जुन सभामुखले सभाको गरिमाको रक्षा गरिरहनु भएको छ। उसमाथि धारे हात लगाउने, आरोपित गर्ने, त्यस्तो दुष्चेष्टा गर्ने, अपमानपूर्ण व्यवहार गर्ने विषयमा मान्न सकिँदैन।’
ओलीले सभामुखको गरिमाको रक्षा नगरेको भन्दै नेपालले आपत्ति जनाए। सभामुखलाई ओलीले हटाउने भन्ने कुरा अत्यन्तै असभ्य भएको नेपालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।