काठमाडौं- नेपाली कांग्रेस मकवानपुर सभापतिमा बुद्ध लामा चयन भएका छन्।
पहिलो चरणमा सभापति पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदा कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेपछि भएको दोस्रो चरणको निर्वाचनबाट लामा चयन भएका हुन्।
आज दोस्रो चरणमा मतदान गर्ने तयारी थियो। सोमबार भएको अधिवेशनमा लामाले ५९२ मत ल्याएका थिए। अन्य उम्मेदवारहरू आनन्दराम पराजुलीले ५४५ र जयराम लामिछानेले ५१३ मत ल्याएका थिए। दोस्रो बढी मत ल्याएका पराजुलीले लामालाई सभापतिमा साथ दिएपछि दोस्रो चरणको मतदान नगरिएको नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।