काठमाडौं- नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेले एमसीसीमा सर्मथन न विरोध गरेर तमासा देखाएको आरोप लगाएका छन्।
‘जसले एमसीसी संसदमा पुर्यायो उ आफैं मुकदर्शक भयो’ मंगलबार आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष नेपालले भने ‘न पक्षमा उभिए, न विपक्षमा।’ उनले नेकपा एसको अस्तित्वबाट एमाले आतंकित र विचलित भएर दाबी गरे।
अध्यक्ष नेपालले संविधानको धारा ७६को उपधारा ५मा कुनै ह्विप लाग्दैन भनेर सर्वोच्चले गरेको फैसला अन्तर्गत सरकार बनेकोले ओलीलाई संविधान र संसदको मर्यादाप्रति कुनै पनि चिन्ता नभएको आरोप लगाए ।
‘मलाई प्रधानमन्त्रीबाट हटाए, रातदिन यही चिन्ता छ ’ उनले भने ‘मलाई र झलनाथ खनाललाई पनि हटाएकै हो नि। त्यसैले हटाउँछन् राजनीतिमा यस्तो भइरहन्छ।’
एमसीसी पारित गर्ने प्रक्रिया चलिरहँदा एमाले विरोधमा वेल घेराउ गरिरहेको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता संसद सचिवालयमा दर्ता गराएका थिए। उक्त प्रस्ताव संसदमा टेवल नै हुन सकेको थिएन। संसदमा टेवल नभएको उक्त प्रस्तावलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले फागुन ८ गते टेबल गराएको थियो। ‘एमसीसी आफूले अघि वढाउने अनि मेरो सर्मथन पनि छ भन्ने अनि सभामुख हटाउँ माधव नेपालसहित १४ जनालाई निकाल,प्रदेशमा सरकार देउ किन भन्नु ’ उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।