काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा वाइ वाइ वान भिड्नमात्र नभई पाँच दलीय गठबन्धन संयुक्त रुमपा आउन चुनौती दिएका छन्। एमसीसी पारित भएपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आगामी स्थानीय तह निर्वाचनदेखि अन्यमा पनि देखाइदिने चुनौती दिए।
‘कोही मिलेर लड्न आए कि एक्लै मतलत छैन। हामी वान वाइ वान आउँ भन्छौं। पाँच वटा मात्र हैन जति छन् मिलेर आए हुन्छ,’ उनले भने, ‘एक्लै चुनाव लड्न एमाले सक्षम छ। एमाले डराएर हुँदैन सत्य कुरा भन्नै पर्छ। अहिले नै घुडाँको छाला गएको छ।’ ओलीले स्थानीय र पछिल्लो जुन चुनावको परिणाम हेर्न उनले चुनौती दिए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनेक रुप एकै पटक देखिएको भन्दै अनेक रुपमा एमसीसीमा पनि देखिएको दावी गरे।‘बिहान एउटा दिउँसो एउटा र बेलुका अर्कै कुरा गर्दै हिँडेको देखियो,’ उनले भने, ‘अमेरिकातिर फर्कंदा एउटा र अन्यतित्र फर्कंदा अर्कै पनि देखियो। ’
उनले चिनियाँ नाटकमा एउटा मुखुण्डमा धेरैथरि रुप देखिए झै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रुपमा देखिएकोे टिप्पणी गरे। पार्टीले सरकारको काममा सही गर्ने देखिएको भन्दै उनले यो प्रचण्डले र प्रधानमन्त्री देउवाले के हैसितयमा गरेको भनी प्रश्न गरे। उनले अब वलिदान दिने, जेल जान परेपनि जाने भनी कार्यकर्ता उराल्ने अनि उता अर्कै रुपमा प्रचण्डको देखिएको उनले आरोप लगाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।