काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोग ल्याउन सक्ने चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठले एमसीसी पारित गरेपछि त्यसबारे पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले कुन बेला कसरी सबै हेक्का राखेर सभामुखविरुद्ध महाभियोग ल्याउने चेतावनी दिए।
‘हामीले सभामुखको आलोचना गर्दा महाअभियो किन ल्याउँन हुन्न भन्नु हुन्छ। एमाले एउटा जिम्मेवार पार्टी हो। कुन बेला कसरी महाभियोग ल्याउने भन्ने कुरा हेक्का नराखेर खुरुखुरु गर्दैन’ ओलीले भने, ‘सभामुखमाथि महाअभियोग ल्याउन सकिँदैन भन्ने होइन। ल्याउन सकिन्छ।’ यदी सभामुखले राजीनामा दिएमा नल्याउने ओलीले बताए।
‘हामी उहाँको (सभामुख) राजीनामा पर्खिरहेका छौं। ससम्मान बर्हिगमित हुनुस्। ससम्मान हट्नुस् ।’ यदी सभामुखले राजीनामा नदिए संसदबाट निस्कासन गरिने ओलीले चेतावनी दिए। ‘उहाँका क्रियाकलाप अनुचित छन्। उहाँका क्रियाकलाप सच्याउने वा कुनै व्यक्तिप्रति एक्सन लिँदा कसरी लिने कुनबेला लिने भन्ने कुरा एमालेले विचार गर्छ’ ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।