काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार अवैध गर्वाधानबाट झाडीमा जन्मेको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठले एमसीसी पारित गरेपछि त्यसबारे पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्र र संविधानका लागि खतरा भएको बताए।
‘यसको जन्म हुनुपर्ने ठाउँमा नभएर अवैध गर्भाधानबाट झाडीमा जन्म भएको सरकार हो’ ओलीले भने ‘यो तत्काल विघटन हुनुपर्छ। कहिले काहीँ संसदीय अंकगणित एकातिर हुन्छ भने समाज अर्कैतिर हुन्छ।’ यो सत्ता गठबन्धनमा लोकतन्त्र मास्न आएका शक्तीहरु रहेका आरोप उनले लगाए।
‘देशको अर्थतन्त्र ध्वस्त छ। शान्ति सुरक्षा ध्वस्त छ ’ उनले भने ‘देशका युवाहरुलाई कति बेला नक्कली सेन्टिमेटमा ल्याइन्छ र आन्दोलन गर्न लगाउँछ।’ भावनात्मक रुपमा लोकतन्त्र स्वीकार नगर्नेहरु सत्तामा रहेको भन्दै उनले असंवैधानिक खालका क्रियाकलाप सरकारले गरिरहेको उनको आरोप थियो। उनले गठबन्धन ढाल्न खोजेको कुरा नयाँ नभएको बताए। जनादेशबाट बनेको सरकार नभएकाले ताजा जनादेशमा जानुपर्ने उनको भनाइ छ। लोकतन्त्रमा पहिल्यै जनादेशमा जाने व्यवस्था संविधानमा भएको भन्दै उनले आफूले गरेको दुई पटकको संसद विघटन सही भएको तर्क गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।