काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमाेदन भएको विषय निरर्थक भएको टिप्पणी गरेका छन्। एमसीसीका विषयमा आफ्ना धारणा सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले एमसीसीको व्याख्यात्मक घोषणा जनता झुक्याउने,अलमल्याउने र ठगी गर्ने धन्दा भएको बताए।
‘एमसीसीको व्याख्यात्मक घोषणा नेपाली जनतालाई झुक्याउने अल्मल्याउने धोका दिने ठगी धन्दा हो । त्योभन्दा माथि केही पनि होइन। व्याख्यात्मक घोषणा निरर्थक छ,’ ओलीले भने।’
एमसीसी घोषणाबाट गठबन्धन सरकारले समाउने ठाउँ दिएको भन्दै आवश्यक परेको बेलामा समाउन सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।