काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रतिनिधि सभाबाट पारित भएको भन्दै सधै विवाद मात्रै गरेर बस्न नहुने बताए। अब यसलाई कार्यान्वयनमा हेर्नुपर्ने उनको भनाइ छ।
एमसीसीको सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने- यसको सही राष्ट्रिय हितको पक्षमा, देश विकासको पक्षमा, हाम्रो सार्वभौमसत्ता र स्वाधिनतामा, स्वतन्त्रतामा अलिकति पनि कुनै प्रावधानले तलमाथि नपर्ने गरी कार्यान्वयन हुनुपर्छ।
यदि कुनै हिसाबले देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रतामा वा हाम्रो राष्ट्रिय हितमा, राष्ट्रिय स्वाभिमानमा कहीँ पनि तलमाथि पार्न खोजियो भने नेकपा एमालेलाई त्यो मान्य हुन नसक्ने उनले बताए।
एमसीसीसँग पारित गरिएको व्याख्यात्मक घोषणालाई उनले लाज छोप्ने धरो भएको बताए। 'व्याख्यात्मक घोषणा नेपाली जनतालई झुक्याउने धन्दा हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।