काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी जस्तो विकास परियोजनाका नाममा देशमा हुँडलो मच्चाउन खोजिएको बताएका छन्। एमसीसी पारित भएपछि पत्रकारसँग कुरा गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले पेस गरे पनि सफल हुन नदिएकोप्रति आक्रोस पोखे।
‘पहिला एमसीसी आइपिएसको अंग हो भनेर भन्नुभयो। अहिले व्याख्यात्मक रुपमा पारित गरेको नाटक गर्नुभयो। एउटा विकासको परियोजना राजनीति नगरेर अगाडि बढाउनु पर्ने थियो,’ ओलीले भने, ‘तर देशमा हुँडलो मच्चाउन खोजियो। देशमा मतभेद सृजना गर्न खोज्ने र द्वन्द्व सृजना गर्न खोज्ने तपाईहरुले सुन्नु भयो।’
त्यतिले मात्रै नपुगेर नेपाली जनतालाई धम्क्याउन खोजिएको ओलीले आरोप लगाए। ‘एमसीसी विरुद्ध साधारण आन्दोलनले भएन ६४ सालको जस्तो गर्नु पर्यो । उस्तै परे जंगल जान सकिन्छ भन्नेजस्ता धाक धक्कु नेपाली जनताले सुन्नु पयो,’ ओलीलो भने, ‘नेपाली जनतालाई तर्साउन र धम्काउन खोजियो। त्यसका पछाडि धम्कीबाहेक केही देखिँदैन। धम्की दिएर आफ्ना कुरा माथि पार्न खोजियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।