काठमाडौं- नेकपा एमालेले एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनपर्ने बताएको छ। एमसीसीको सन्दर्भमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस विज्ञप्ति वाचन गर्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सो बताएका हुन्।
'एमसीसी परियोजनासँग सम्बन्धित सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ। अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ', विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा पारित भइसकेको परियोजनाको बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने पनि बताइएको छ।प्रतिनिधि सभाको बैठकले गत आइतबार एमसीसी र सोसँग सम्बन्धित व्याख्यात्मक घोषणा पारित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।