काठमाडौं– नेपाली कांग्रेस कैलालीको सभापति पदको चयनका लागि पुनः निर्वाचन हुने भएको छ।
कांग्रेस कैलालीको आइतबार सम्पन्न १४औं जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए।
मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक हजार १६९ मत प्राप्त गरेका छन्। त्यस्तै अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरे। निर्वाचनमा जम्मा दुई हजार ४८६ मत खसेको थियो भने ४८ मत बदर भएको छ।
सभापतिका लागि अब बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ । सबैभन्दा कम मत ल्याएका कलेल भने प्रतिस्पर्धाबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।