• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड बयान: ४ पेजको पत्र पढेपछि एमसीसीको पक्षमा!

64x64
नेपाल लाइभ सोमबार, फागुन १६, २०७८  २०:३०
1140x725

काठमाडौं– लामो समयदेखि विवादित हुँदै आएको अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँगको सम्झौता मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको छ। सत्तामा रहेका समेत दल तथा नागरिकस्तरबाट विरोध भइरहेका बुँदामा व्याख्यात्मक घोषणा गरेर आइतबारको प्रतिनिधि सभाबाट बहुमतले एमसीसी अनुमोदन भयो। 

एमसीसी अनुमोदन भएसँगै राजनीतिक वृत्तमा भने त्यसको पक्षमा जस/अपजस लिने प्रतिस्पर्धा नै चलेको छ। एमसीसी अनुमोदन हुनुमा नेपाली कांग्रेसका महामन्त्री गगन थापादेखि अन्तर्राष्ट्रिय कानुनका जानकार गोबिन्द बन्दीसम्मलाई जस दिन थालिएको छ।  

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले एमसीसी सम्झौता संसद्‌मा पेस गरेदेखि संसद्‌मा टेबल हुनबाट रोक्दै आएका भनिएका तत्कालीन नेकपाका अध्यक्ष एवम् हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि एमसीसी अनुमोदन हुनुमा आफ्नो भूमिका महत्वपूर्ण भएको देखाउने प्रयासमा छन्। 

एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन भएको दोस्रो दिन (सोमबार) आफ्नो निजी निवास खुमलटारमा पत्रकार सम्मेलन आयोजना गरेका प्रचण्डले एमसीसीका सन्दर्भमा रहेका 'भ्रम र आशंका'हरु निवारण गरिएको पनि सुनाए। 

एमसीसी संसद्‌बाट पारित गर्ने सन्दर्भमा भित्र एउटा र बाहिर अर्कै कुरा गरेको भनेर आलोचना खेप्दै आएका प्रचण्डले अन्तिम समयमा आएर एमसीसीका पक्षमा खुलेको पनि सुनाए। अन्तर्राष्ट्रिय कानुनका जानकार सूर्यप्रसाद सुवेदीले व्याख्यात्मक घोषणाबारे स्पष्ट पारेपछि आफू एमसीसी पास गर्न सकिन्छ भन्नेमा पुगेको प्रचण्डको भनाइ थियो।  

‘मलाई अधिवक्ता डा सूर्यप्रसाद सुवेदीको पत्रले मनोवल दियो। उहाँ अन्तर्राष्ट्रिय कानुनको विषयमा जानकार हुनुहुँदो रहेछ। यो पत्र ४ पेजको छ।  यो पत्रले मलाई पुरै कन्फिडेन्स दियो,’ प्रचण्डले भने, ‘एमसीसी यथास्थितिमा पारित गर्न हुँदैन भन्ने थियो। त्यसको उपायको रुपमा उहाँ (सुवेदी)ले अन्तर्राष्ट्रिय कानुनको अभ्यासबारे छर्लङ्ग पार्नुभयो। व्याख्यात्मक रुपमा सम्झौता पारित गर्दा अर्को पक्षले स्वीकार गर्नुपर्छ, गरेन भने प्रोजेक्ट नै खारेज हुने ठाउँमा पुग्छ भन्ने रहेछ।’ 

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्दा राजनीतिकभन्दा कानुनी रुपमा बलियो हुने कुरा स्पष्ट भएको पनि प्रचण्डले सुनाए। 

एमसीसीको व्याख्यात्मक घोषणाका सन्दर्भमा सम्झौताको अर्को पक्ष अमेरिकाले पनि सहमति जनाएपछि संसद्‌मा निर्णयार्थ पेस गर्न तयार भएको प्रचण्डले सुनाए। प्रचण्डका अनुसार व्याख्यात्मक घोषणा तयार प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी दूतावासमार्फत् घोषणाबारे राय बुझ्न लगाएका थिए। 

nimb
nimb

अमेरिकी दूतावासले व्याख्यात्मक घोषणामा सहमति जनाएपछि अनुमोदनको प्रक्रिया थालिएको उनको भनाइ छ। 

‘व्याख्यात्मक घोषणामा सहमत भएपछि केही साथीहरुले अमेरिकन दूतावासमा गएर कुरा पनि गर्नुभयो। प्रधानमन्त्री जीले पनि कुरा गर्नुभयो,’ प्रचण्डले भने, ‘उता (अमेरिकी दुतावास)बाट व्याख्यात्मक रुपमा एमसीसी पारित गरेमा स्वीकार गर्न सकिन्छ भन्ने संकेत पाइयो। त्यसपछि अनुमोदनको प्रक्रिया अगाडि बढाउन गठबन्धनमा सहमति भयो।’

एमसीसीको व्याख्यात्मक घोषणाका विषयमा एमाले नेता भीम रावलले विरोध गरेकोप्रति भने प्रचण्डले आपत्ति जनाए।  ‘कतिपय साथीहरुले यो केही पनि होइन। यो कागजको खोस्टो हो, यो ठग पत्र हो भन्छन्। अनि ठूलो भ्रम छर्छन्,’ प्रचण्डले भने, ‘हामी सबैले गर्व गर्नुपर्छ। राष्ट्र पुनः एकजुट भएको छ। सबै राजनीतिक दल र नेपाली समाज विभाजित हुनबाट बचेको छ।’

आफ्नै पार्टीका नेताहरु समेत एमसीसी अनुमोदन भएकोप्रति विरोधमा उत्रिएकोमा पनि प्रचण्डले आक्रोश व्यक्त गरे। खास गरेर नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास भएको दिनलाई 'कालो दिन'को संज्ञा दिएकोप्रति प्रचण्डले आक्रोश पोखे।  

‘नारायणकाजी श्रेष्ठ कमरेडले बैठकमा असहमति राख्नुभयो। तपाईंलाई मतभेद राख्ने अधिकार पार्टीमा हुन्छ। तपाईंको विचारलाई सम्मान गरिन्छ,’ श्रेष्ठलाई प्रचण्डले भने, ‘अब केन्द्रीय समिति बैठक आउँदै छ। त्यसमा व्यवस्थित रुपमा राख्नुहोला। त्यसो हुँदा केही आपत्ति हुँदैन। म सम्मानै गर्छु भनेको थिए। उहाँले मान्नुभएन।’ 

एमसीसीको विरोध गरेर जनता र पार्टीका कार्यकर्ताको समर्थन बटुल्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन पनि उनले आफ्ना पार्टीका नेताहरुलाई आग्रह गरे। महाकाली सन्धिमा राष्ट्रघात भएको भन्दै नेता वामदेव गौतमले पार्टी (तत्कालीन एमाले) विभाजन गरेको, तर निर्वाचनमा जाँदा 'शून्य' हुनु परेको सन्दर्भ पनि प्रचण्डले उल्लेख गरे। 

‘तत्कालीन एमालेले महाकाली सन्धिमा राष्ट्रघात गर्‍यो भनेर वामदेवजी पार्टी केन्द्रीय समितिको आधा हिस्सा लिएर जानुभयो। भोट आउने बेला जिरो भयो,’ प्रचण्डले भने, 'त्यसैले एमसीसीमा कोही सेन्टिमेन्टमा आउन जरुरी छैन। त्यसमा सबै स्पष्ट हुनु पर्छ।’

सोमबारको पत्रकार सम्मेलनमार्फत् प्रचण्डले एमसीसीमा आफ्नो 'डबल स्ट्याण्ड'को भूमिकाबारे पनि प्रष्टीकरण दिए। आफू सुरुदेखि नै एमसीसीका केही बुँदाप्रति असहम रहेको र त्यसका सन्दर्भमा संशोधन या राष्ट्रिय सहमति खोजेर मात्रै अनुमोदन गरिनुपर्छ भनेर लागेको उनको भनाइ छ। 

एमसीसीका सन्दर्भमा राष्ट्रिय सहमति र दलहरुबीच समान धारणा बनाउन लागिपर्दा आफ्नो विद्रुपीकरण गरिएको भन्दै प्रचण्डले आक्रोश पोखे। ‘राष्ट्रिय सहमति होस् भनेर एमसीसीलाई पत्र लेखियो। त्यो पत्र बाहिर आएपछि यति धेरै विवादहरु छताछुल्ल भए, मलाई त मानौ भिलेनै जस्तो बनाइयो। डबल डिलक्स जस्तो बनाइयो,’ प्रचण्डले भने, ‘मेरो चाहना राष्ट्रय सहमति बनोस्। समाज विभाजित नहोस् भन्ने थियो। यसकै कारण संविधान र लोकतन्त्र  खतरामा नपरोस् भन्ने थियो।’ 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्