काठमाडौं- राप्रपा नेपालले पार्टीलाई पुनर्जागृत गरेसँगै विभिन्न जिल्लामा जिल्ला कार्य समिति गठनलाई तिव्रता दिएको छ।
पार्टीले सोमबार उदयपुरमा लल्कु कुमार चौधरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ।
राप्रपा नेपाल समर्थितहरुको भेलाद्वारा गठित सो समितिको उपाध्यक्षमा जगत बहादुर राउत, कोषाध्यक्षमा लिलामाया कार्की तथा सदस्यहरुमा कृष्णगोपाल थापा, खड्ग बहादुर खड्का, लखन चौधरी, गंगादेवी वि.क., गणेश वि.क., मखे दमाईं, रमेश चौधरी, तर बहादुर खत्री, रामु चौधरी, टिका फुयाल, चामु खतिवडा र टिका घले रहेका छन् भन् वरिष्ठ सल्लाहकारमा नवराज पोखरेल छन्।
यस्तै पर्वतमा हेम शर्मा पौडेलको अध्यक्षतामा १७ सदस्सीय जिल्ला कार्य समिति गठन भएको राप्रपा नेपालले जनाएको छ। नवगठित समितिको सदस्यहरुमा धरम कुमार गुरुङ, ठाकुर प्रसाद भुषाल, शेर बहादुर क्षेत्री, धन बहादुर अखेली, मनोज कुमार शर्मा, भिम बहादुर गुरुङ, गंगा बहादुर गुरुङ, मन बहादुर पुन, स्वस्तिका पौडेल, सुजिता पौडेल, कुल बहादुर कँडेल, जयलाल सुवेदी, विष्णु शर्मा, चेतनाथ रिजाल, प्रशान्त गुरुङ र चन्द्र बहादुर क्षेत्री रहेका छन्।
यसैगरी कपिलवस्तुमा पनि राप्रपा नेपालको जिल्ला कार्य समिति गठन भएको छ। कपिलवस्तुमा रमाकान्त चौधरीको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति गठन भएको छ।
बझाङ जिल्लामा राप्रपा नेपालको जिल्ला संयोजकको जिम्मेवारी किशोर कुमार भण्डारीले पाएका छन्। विभिन्न जिल्लाबाट जिल्ला कार्य समिति गठनका नामावलीहरु धमाधम प्राप्त भैरहेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।