• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

युक्रेनमा अध्ययनरत नेपाली विद्यार्थी भन्छन्- चोक चोकमा रुसी सैनिक छन्, भागेर स्लोभाकिया पुगें

64x64
नेपाल लाइभ सोमबार, फागुन १६, २०७८  १२:३१
1140x725

काठमाडौं– कञ्चनपुरका विजय पाण्डे दुई महिनाअघि एमबीबीएस पढ्न युक्रेन गएका थिए।

युक्रेनको पश्चिमी भेगमा रहेको उज्जोरोड शहरको ‘उज्जोरोड राष्ट्रिय विश्वविद्यालय’मा अध्ययनरत २१ वर्षिया पाण्डेले त्यहाँ पुगेदेखि नै रुसले आक्रमण गर्न सक्ने समाचार सुनिरहेका थिए। तर, सामान्य हल्लाबीच नै रुसले छिमकी युक्रेनमाथि आक्रमण नै गरिहाल्छ भन्ने उनले सोचेका थिएनन्। 

२४ फेब्रुअरीमा आफ्नो देशको टेलिभिजनमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिए र आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिए। 

त्यसपछि युक्रेनमाथि बमबारी सुरु भए। 

रुसले सेना पठाउने घोषणा गरेको केही समयमा नै युक्रेनको अवस्था बिग्रियो। मानिसहरुमा त्रास फैलियो। धेरै मानिसहरु एटीएममा लामबद्ध भए। विमानस्थलहरु भरिए। सडकमा देश छाड्न खोज्नेहरुको भीड बढ्यो। 

‘रसियाले युक्रेनमाथि युद्धको घोषणा गरेको केही मिनेटमै अवस्था बिग्रँदै गयो’, युक्रेनबाट सुरक्षित हुन स्लोभाकिया पुगेका उनले नेपाल लाइभसँग टेलिफोनमा भने, ‘देशभित्र सबैतिर त्रास फैलियो। युक्रेनका मानिसहरुसँगै अन्य देशबाट अध्ययन र कामका लागि यहाँ आएका मानिसहरुमा डर र त्रास भरिएको थियो। हामी सबैं आत्तिन थाल्यौं।’

पुटिनको घोषणापछि युक्रेनको क्रिमियातर्फका सिमानाका क्षेत्रसँगै राजधानी किभमा पनि रुसी सेनाले हमला सुरु गरेको थियो। युक्रेनमा अचानक भड्किएको द्वन्द्वलाई लिएर अन्य देशहरुले आफ्ना नागरिकलाई स्वदेश ल्याउने जमर्को गरिरहेका थिए। केही देशले अगाडि नै आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेका थिए। 

तर, युक्रेनमा भएका नेपाली नागरिक भने आफ्नो सुरक्षालाई लिएर चिन्तित भए। पाण्डेका अनुसार युक्रेनमा रुसी सैनिकले हमला गर्न सुरु गरेसँगै त्यहाँका मानिसहरु सुरक्षा र शरण लिन युक्रेन छाडेर छिमेकी देशमा भाग्न सुरु गरेका थिए। त्यसैमा उनी पनि मिसिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई महिनाअघि अध्ययनका लागि युक्रेन पुगेका उनी सुरक्षा खोज्न स्लोभाकियातर्फ भागे। 

भन्छन्, ‘हामीसँग यो बाहेक अरु विकल्प थिएन। हाम्रा थुप्रै भारतीय साथीहरुलाई उनीहरुको सरकारले उद्धार गर्ने विश्वास दिलाएको थियो। तर, नेपालीको लागि अवस्था निकै फरक थियो। हामीले आफ्नो सुरक्षाको व्यवस्थापन आफैंले गर्नुपर्ने अवस्था थियो।’

पाण्डे र उनका साथीहरु युद्धग्रस्त देशमा बस्नु भन्दा भाग्ने मनसायमा पुगे। तर, यात्रा लामो र थकित बनाउने थियो। त्यसमाथि युक्रेनमा भइरहेको हमलाले उनीहरुमा डर र त्रास भरिएको थियो। 

यता नेपालमा भने परिवारका सदस्यहरु चिन्तित थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘हामीले गर्नुपर्ने पहिलो काम आफूलाई सुरक्षित स्थानमा लैजानु थियो,’ पाण्डे भन्छन्। उनीहरु युक्रेनबाट स्लोभाकियाको सिमातर्फ लागे। करिब १० घण्टाको यात्रापछि मात्रै उनीहरुयुक्रेन छाड्न सफल भए।

‘मलाई युक्रेन–स्लोभाकियाको सिमानामा आइपुगेर पार गर्न १० घण्टा लाग्यो,’ पाण्डे भन्छन्, ‘पहिले सीमा पार गर्न सजिलो थियो। तर, अहिले परिस्थिति फेरिएको छ। हजारौं युक्रेनी नागरिकले देश छाडिरहेकोले अहिले सिमानामा अत्यधिक भीड छ। अहिले सुरक्षित स्थानमा पुग्न धेरै समय लाग्छ।’

युक्रेनबाट भागेर स्लोभाकिया पुगेका पाण्डे अन्य चार नेपालीको साथमा छन्। उनीहरुसँग दुई अन्य देशका नागरिक पनि छन्। पाण्डेका अनुसार उनीहरु अहिले सुरक्षित स्थानमा छन्। युक्रेन छाडिरहँदा उनीहरुका एक साथी त्रासका कारण कतै बाटो भुल्न पुगेका थिए। अहिले उनी पनि सम्पर्कमा आएको पाण्डेले बताए। 

‘हामीले युक्रेनी ट्याक्सी भाडामा लिएर छाडेका थियौ,’ पाण्डे भन्छन्, ‘युक्रेन छाड्ने मानिसहरुको संख्या हरेक पल बढिरहेकाले स्लोभाकियाले अहिले दुई वटा प्रवेश गर्ने ठाउँ बनाएको छ– एउटा युक्रेनी नागरिकका लागि र अर्को अन्य देशका नागरिकका लागि। सिमानाकै क्षेत्रमा बस्नेहरुलाई सीमा पार गरेर आउन सहज थियो। तर, युक्रेनको मुख्य भाग र युद्धले ग्रस्त शहरहरुमा बस्नेहरुलाई यता आउन अफ्ठ्यारो छ।’

नेपालबाट पाण्डे पढिरहेको कलेजमा अन्य दुई नेपाली विद्यार्थी एमबीबीएस अध्ययनका लागि छानिएका थिए। हाल उनीहरुमध्ये एक हंगेरीतर्फ जाँदै गरेको र एक जना पोर्चुगल पुगेको पाण्डे बताउँछन्। 

युक्रेनको परिस्थिति हरेक पल बिग्रिरहेको छ। मान्छेहरुले युक्रेनको सीमा पार गरेर अन्य देशमा शरण लिन जान पनि असहज अवस्था सिर्जना भएको छ। पाण्डेका अनुसार युक्रेनका शहरका गल्ली-गल्लीमा रुसी सैनिकहरु बन्दुक बोकेर बसेका छन्। 

‘हिजोसम्म म एकदमै थकित थिएँ, म सुरक्षित स्थानमा पुग्नेभन्दा बाहेक अरु केही सोच्न सक्ने अवस्थामा नै थिइनँ,’ स्लोभाकियाबाट नेपाल लाइभसँगको टेलिफोन संवादमा उनले भने। युक्रेन छाडेर स्लोभाकिया आएपछि केही सन्तोषको स्वास फेरेको उनी बताउँछन्।  तर, अर्को चिन्ताको विषय भने थपिएको छ। उनी भन्छन्, ‘म यहाँ युक्रेनमा एमबीबीएस पढ्न आएको थिएँ। अब करिअरको पनि चिन्ता लागेको छ। अब कस्तो अवस्था आउँछ भन्ने पनि मलाई थाहा छैन्।’

उनी ३० लाख रुपैयाँ भन्दा धेरै पैसा खर्च गरेर अध्ययनका लागि युक्रेन पुगेका थिए। 

पाण्डे पढाईलाई लिएर चिन्तित भएपनि हालको महत्व सुरक्षा भएको बताउँछन्। उनी युक्रेनमा भएका हरेक नेपालीलाई युक्रेन छाडेर स्लोभाकिया आउन आग्रह गर्छन्। उनी भन्छन्, ‘यहाँ पुग्न अरुको तुलनामा सजिलो छ। म युक्रेनमा भएका नेपालीहरुको सुरक्षालाई लिएर चिन्तित छु।’

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्