काठमाडौं- नेकपा (एकीकृत समाजवादी)की सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा भ्रम निवारण गर्न सफल भएको बताएकी छन्। 'व्याख्यात्मक घोषणा'मार्फत् आफूहरुले गरेको प्रयसा सफल भएको उनको भनाइ छ।
'व्याख्यात्मक घोषणा'को नमूना तयार गर्नेदेखि शीर्ष नेताहरुलाई सहमतिमा ल्याउने प्रक्रियासम्म सहभागी उनले प्रतिनिधि सभाको आइतबारको बैठकले एमसीसी अनुमोदनपछि यस्तो प्रतिक्रिया दिएकी हुन्।
उनले भनिन्, 'भदौ २३ मा भएको प्रश्नोत्तरमा अमेरिकाले स्पष्टिकरण दिइसकेको छ। त्यसलाई हामीले एमसीसी सम्झौताको अंग बनाउन सफल भयौं।'
धेरै पक्षसँग छलफल गरेर भ्रम निवारण गर्न सफल भएको बताइन्। यसले धेरै सवालको उत्तर दिएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।