काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेकपा एमाले आफ्नो विरोध कार्यक्रमका कारण एमसीसी अनुमोदन प्रक्रियामा सामेल नभएपनि यसको स्वामित्व लिने विश्वास व्यक्त गरेका छन्।
आइतबार प्रतिनिधि सभाबाट नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम च्यालेन्ज कम्प्याक्ट-एमसीसी) अनुमोदन भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘आफ्नो विरोध कार्यक्रमका कारण एमाले प्रक्रियामा सहभागी हुन पाएन। एमाले अध्यक्ष केपी शर्मा ओलीले नै टेबल गरेको एमसीसी अनुमोदन गरेको हो। उहाँले स्वामित्व लिनुहुन्छ।’
उनले लगभग सर्वसम्मत रुपमा पारित भएको बताए। यो ठूलो उपलब्धी नभएको तर, नेताहरुले नै बिगारेका कारण प्राप्त गरेको उनको भनाइ छ।
यसैगरी सडक आन्दोलनमा रहेकाहरुलाई आफूलाई विश्वास गर्न अनुरोध गरे। उनको आग्रह छ, ‘सडकमा आउनु भएका राजनीतिक दल लगायतलाई के आग्रह गर्छौं भने राष्ट्रलाई अहित हुने कुनै काम गरेका छैनौं। अब सदन खुलाउनुपर्ने छ प्रतिपक्षी दललाई मनाउने कुरामा कांग्रेसको तर्फबाट भूमिका हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।