काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँगको सम्झौता (एमसीसी कमप्याक्ट) योजनालाई विशुद्ध आर्थिक योजनामा मात्रै सीमित गरेको बताएका छन्।
आइतबार दोस्रोपटक बसेको प्रतिनिधि सभाको बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसद बैठकपछि बोल्दै शर्माले एमसीसीका विषयमा उठेका विषयलाई कानुनी रुपमा मान्यता दिएर व्यवस्थित गरेको बताए।
‘आमजनतामा धेरै प्रश्नहरु उठेका छन्। ति विषय संसद्, सडक र जनतामा उत्पन्न भएका प्रश्नहरुलाई सम्बोधन गर्ने प्रयास गरेका छन्। हामीले नेपालको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, अखण्डता र संविधानको पक्षमा जारी गरेका छौं,’ शर्माले भने, ‘जुन संसद्मा व्याख्यात्मक घोषणाका रुपमा प्रस्तुत भइ पारित भएको छ। त्यो घोषणाले कानुनी रुप प्राप्त गरेको छ। त्यो कानुनी रुपले अघि बढ्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।