काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली राष्ट्रवादी मर्न उचाल्ने र देशभक्त मर्न तयार हुने बताएका छन्।
आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी अनुमोदनका पक्षमा बोल्दै थापाले यस्तो बताएका हुन्।
एमसीसीको चर्को विरोध गर्दै आएका एमाले नेता तथा सांसद भीम रावललाई लक्षित गर्दै उनले भने, 'नक्कली राष्ट्रवादी मर्न उचाल्छ, म देशभक्त हो मर्न तयार हुन्छु। नक्कली राष्ट्रवाद र देशभक्तिमा यही फरक छ।'
रावलले एमसीसीमा हस्ताक्षर गर्ने सबै गद्दार भनेकोतर्फ लक्षित गर्दै उनले रावल उपप्रधानमन्त्री भएको क्याबिनेटले यसको प्रस्ताव स्वीकारेको उल्लेख गरे।
उनले भने, '२०७३ साल असार ३१ मा उपप्रधानमन्त्री भएको क्याबिनेटले प्रस्ताव गर्छ । १ अर्ब १३ करोड अनुदान स्वीकार्ने भन्छ। त्यो बेला माननीयको पेट दुखेको थियो?'
उनले आफू यसलाई सच्याउन र परिमार्जन गर्न सकिन्छ भनेर त्यता लागेकाले अनुमोदन हुँदै गर्दा खुशी भएको बताए।
उनले चुनौती दिए,'यस विषयमा सडकमा बहस गर्ने कि संसद्मा? अछाम कि काठमाडौंमा? म तयार छु।'
नेपालको स्वधनीता तलमिथ हुँदा आफूले सरी भनेर नउम्किने बताए। उनले थपे, 'यदि त्यस्तो भए मेरो नागरिकता खोसियोस्। सम्पत्ति खोसियोस्। काठमाडौंको सांसद हो म, चारपाटा मुडेर थानकोट कटाइयोस्। त्यसो भएन भने माननीयजी तयार हो?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।