काठमाडौं- प्रतिनिधि सभाको अर्को बैठक फागुन १८ गते बस्ने भएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम च्यालेन्ज कम्प्याक्ट-एमसीसी) बुहमतले अनुमोदन गरेको छ।
मिलिनियम च्यालेन्ज कम्प्याक्ट-एमसीसी बुहमतले अनुमोदन गरेको सँगै आजको बैठक सकिएको हो। अब अर्को बैठक फागुन १८ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।