काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले ‘व्याख्यात्मक घोषणा’ सकारात्मक भएको बताएका छन्।
आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता माथिको दफावाल छलफलमा सहभागी हुँदै उनले सडकबाट उठेका र दलले उठाएका आवाजलाई सम्बोधन गर्दै अस्पष्टता र अन्यौलतालाई समेटेर १२ बुँदाको ‘व्याख्यात्मक घोषणा’ प्रस्तुत हुनु सकारात्मक भएको बताएका हुन्।
‘सम्झौता यथास्थितिमा पास गर्न सकिन्न भनिरहेका थियौं। सडकबाट उठेका र दलले उठाएका आवाजलाई सम्बोधन गर्दै अस्पष्टता र अन्यौलतालाई समेटेर १२ बुँदाको जुन व्याख्यात्मक घोषणा प्रस्तुत भएको छ, यो सकारात्मक छ,’ उनले भने,‘अब जनतालाई र राष्ट्रलाई विभाजित गर्नेतर्फ जानु हुँदैन। अब जनतालाई स्पष्ट गर्दै हामीले अघि बढ्नुपर्छ। यो घोषणा एमसीसीको अंग बन्ने गरी काम भएको छ। यो जनतालाई झुक्काउन भनेर ल्याइएको होइन।’
उनले ‘व्याख्यात्मक घोषणा’को प्रस्ताव ल्याउने काम उत्कृष्ट भएको भन्दै अब कार्यान्वयनलाई ध्यान दिनुपर्ने बताए। सबै लागेर समयमा नै कार्यान्वयनमा लैजानुपर्ने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।