काठमाडौं– नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी अनुदान सम्झौता (एमसीसी)अन्तर्गतको खर्च सैन्य बजेट भएको टिप्पणी गरेका छन्। सैन्य रणनीति अन्तर्गतको बजेट भएकाले एमसीसी सम्झौता पारित गर्न नहुने उनको भनाइ छ।
आइतबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता माथिको दफावाल छलफलमा सहभागी हुँदै सुवालले एमसीसी परियोजनाका कर्मचारीबाट नेपालीको मृत्यु भएपनि कहिँ उजुरी दिन नपाउने व्यवस्था भएको दाबी गरे।
'सभामुखले एमसीसी पेस गर्दिन भन्नुभएको थियो। कुर्सी पनि छोड्छु भन्नु भएको थियो, ’ उनले भने, ‘त्यसैले एमसीसी मुर्दावाद र अमेरिकी सामाज्यवाद मुर्दावाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।