काठमाडौं– नेपाली कांग्रेसकी सांसद् पुष्पा भुसालले एमसीसीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउन, नेपालमा ऊर्जा उत्पादन, रोजगारी सिर्जना र सडक विस्तारलाई सहयोग गर्ने बताएकी छन्।
एमसीसीको प्रावधान र व्याख्यात्मक घोषणामाथि जारी छलफलमा धारणा राख्दै उनले व्याख्यात्मक घोषणा गरेकोमा धन्यवाद दिइन्। आर्थिक पारदर्शिता भएकाले पनि एमसीसीको महत्त्व रहेको बताइन्।
'यो सम्झौता मार्फत् अमेरिकी सरकार र त्यहाँका जनताको करको रकम भित्रिएको छ। सम्झौताले त्यसको सदुपयोग गर्नुपर्ने मान्यता राखेको छ। त्यसैले यसलाई पाँच वर्षभित्र काम सम्पन्न गर्नुपर्ने उद्देश्य राखेको छ', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।