काठमाडौं- नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एमसीसीका विषयमा गरिएको ‘व्याख्यात्मक घोषणा’ले यसभित्र रहेका आशंका र अप्ठ्यारा निवारण गर्ने काम गरेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीको प्रावधान र ‘व्याख्यात्मक घोषणा’माथि जारी छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘आर्थिक सहायतका रुपमा स्वीकार गर्नुपर्छ। तर, त्यसभन्दा केही बाहिर गएर अन्य राजनीतिक विषय पनि जोडिएका थिए,’ उनले भने,‘गठबन्धन दल र सरकारले त्यसभित्रका केही आशंकाहरु थिए। ती अप्ठ्यारा निवारण गर्ने काम भएको छ।’
उनले यो खुशीको कुरा भएको भन्दै अझै रहेका केही आशंका कार्यान्वयनका समयमा निवारण गरेर जानुपर्ने बताए। उनले यसबाट मुलुकलाई विभाजित हुनबाट रोक्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।