काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सांसद मिन विश्वकर्माले एमसीसी सम्झौताका सन्दर्भमा भ्रम छर्ने नाममा गलत अर्थ नलगाउन चेतावनी दिएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसी सम्झौतामाथिको बुँदागत छलफलमा सहभागी हुँदै सांसद विश्वकर्माले एमाले सांसद् भीम रावलप्रति लक्षित गर्दै एमसीसीका नाममा भ्रम छर्ने काम नगर्न भने। एमसीसी सम्झौतामा उल्लेख बुँदाको गलत अर्थ लगाएर 'काउ माने गधा' हुन्छ भनेर पढाउने काम भएको पनि विश्वकर्माले टिप्पणी गरे।
‘नेपाली जनताको हितमा अमेरिकाले यो अनुदान दिएको हो,’ उनले भने, ‘नेपाल दुई छिमेकी राष्ट्र ठुला छन्। त्यसैले अनुदान, ऋण र अरु सहयोग पनि लिनुपर्ने अवस्था रहेको छ र लिनुपर्छ।’
ऋण लिन तयार हुने, तर अनुदान आउँदा ढुङ्गा लिएर सडकमा आउनु दुखद भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।