काठमाडौं- राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी इन्डोप्यासिफिक रणनीतिको एक पक्ष नै भएकाले ‘व्याख्यात्मक टिप्पणी’को अर्थ नभएको दाबी गरेकी छन्।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा ‘व्याख्यात्मक टिप्पणी’माथि छलफलमा भाग लिँदै उनले यसलाई पारित गर्न नहुने बताइन्।
‘सम्झौता र सन्धि दुई पक्षबीच गर्ने हो। तर, यो तेस्रो कुरा हुन सक्दैन,’ उनले भनिन्, ‘मलाई यो सम्झौता देखेर एउटा कथा सम्झना भइरहेको छ।’
उनले एउटा ब्राह्मणले प्रवचन दिँदा ‘बिरालोले छोएमा जुठो’ हुने र ‘कालो कुकुरले छोए’पछि अति उत्तम भनेको व्याख्य गरेको बताइन्। उनले एमसीसीमाथिको ‘व्याख्यात्मक टिप्पणी’ त्यस्तै भएको बताइन्।
उनले राष्ट्रियता गुम्ने नजिर खडा गर्न नहुने बताइन्। ‘हाम्रो भूमी क्रियास्थल बनाउने स्थान दिन हुँदैन,’ उनले भनिन्,‘ सांसदहरुलाई भ्रममा नर्पन आग्रह गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।