काठमाडौं– जनता समाजवादीका सांसद् राजकिशोर यादवले आफ्नो पार्टी एमसीसीसँग पारित गर्न लागिएको व्याख्यात्मक घोषणाको पक्षमा रहेको बताएका छन्।
एमसीसीको प्रावधान र व्याख्यात्मक घोषणामाथि जारी छलफलमा धारणा राख्दै उनले यही घोषणाले गठबन्धन बचेको भन्दै खुसी व्यक्त गरे।
'जनतामा रहेको अन्योलहरुलाई यो घोषणाले चिर्ने छ। नेपालको तर्फबाट अमेरिका र एमसीसीलाई हाम्रो भावना र आवश्यकतालाई बुझेर हामीले उठान गरेका यी मुद्दाहरुको अपनत्व लिइदियोस् भन्ने चाहन्छु', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।