काठमाडौं– नेकपा एमालेका सांसद् भीम रावलले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणाको नाममा नेपाली जनतालाई धोका दिने काम भइरहेको बताएका छन्।
एमसीसीका विषयमा व्याख्यात्मक घोषणाको प्रस्तावमा दफावार छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। यो नेपालको स्वाधीनता विरुद्धको नाङ्गो षड्यन्त्र भएको पनि रावलले बताए।
संविधान र सदनका प्रक्रिया मिचेर हतार हतारमा काम भएको भन्दै रावलले आपत्ति जनाए। ‘सार्वभौमसत्ता, स्वतन्त्रतामाथि आघात पुर्याउनका लागि हल्लाका बीचमा अनुमोदन गरिन्छ भनेर मैले भनेको थिएँ,’ उनले भने, ‘आज त्यही हुँदैछ। यो संविधान विपरीत छ। स्वाधीनता, स्वाभिमान, अखण्डता कसैको अधिनमा नगएको देश हतार हतारमा यस्तो काम भएको छ।’
एमसीसीका सन्दर्भमा तयार पारिएको व्याख्यात्मक घोषणा नभइ उक्त घोषणा 'भ्रमात्मक घोषणा' भएको रावलले टिप्पणी गरे। ‘दुई पक्षीय सम्झौतालाई एक पक्षीय रुपमा घोषणा गर्यौं भन्ने कुरा ठगपत्र हो यो। अरु केही पनि हुन सक्दैन,’ उनले भने, ‘यो निर्लज्जताका साथ काम हुँदैछ। कलंकका रुपमा इतिहासमा अंकित हुनेछ।’
प्रधानमन्त्री शेरबहादुर देउवा वा उनका विज्ञहरुलाई व्याख्यात्मक घोषणा भनि राखिएका विषयमा खुला छलफलका लागि आउन पनि उनले चुनौती दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।