काठमाडौं– नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विसंखेले एमसीसीको ब्याख्यात्मक घोषणा कार्यन्वयन हुनुपर्ने बताएकी छिन्।
आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद विसंखेले व्याख्यात्मक घोषणा बहुमतबाट पारित भएजस्तै सम्बन्धित निकायले कार्यान्वयन पनि गर्नुपर्ने बताइन्।
‘हामी कसैबाट सहयोग वा ऋण लिन सक्छौ,’ विसंखेले भनिन्, ‘तर कसैको दबाबमा होइन कसैले चुनौति दिएर होइन।’
एमसीसी सडकदेखि सदनसम्म छलफल भएको भन्दै त्यसमा पार्टीले संवेदनशील भइ व्याख्यात्मक रुपमा पारित सहमत भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।