काठमाडौं– प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा एमसीसी सँगै अनुमोदन गर्ने भनिएको 'व्याख्यात्मक घोषणा' पेस भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले १२ बुँदे व्याख्यात्मक घोषणा पेश गरेका हुन्।
आजको बैठकले एमसीसी पारित गर्ने भएको छ। व्याख्यात्मक घोषणासँगै एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा सहमति जुटेको थियो।
केही बेर अघि नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद्को बैठकले व्याख्यात्मक घोषणा पारित गरेको थियो।
व्याख्यात्मक घोषणामा नेपाल संयुक्त राज्य अमेरिकाको हिन्द प्रशान्त रणनीति लगायत कुनै पनि सामरिक, सैन्य वा सुरक्षा गठबन्धनमा आबद्ध भएको मानिने छैन भनिएको छ।
त्यस्तै, नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरुभन्दा माथि रहने छ भनी घोषणा गरिएको छ। कम्प्याक्ट कार्यक्रमअन्तर्गत सिर्जना हुने सम्पूर्ण बौद्धिक सम्पत्ति उपर नेपालको स्वामित्व रहनेछ र त्यसको पूर्ण उपयोग नेपालले गर्न पाउने छ भनी घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।