• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

दुर्व्यवहारविरुद्ध कलाकारहरूको मौनता कसका लागि?

64x64
धनु विश्वकर्मा सोमबार, फागुन १६, २०७८  ०७:०२
1140x725

मनोरञ्जन क्षेत्रलाई ‘रंगिन दुनियाँ’को संज्ञा दिइन्छ। तर, रंगीन दुनियाँभित्रको चमकधमकमा संसारभरि नै थुप्रै रहस्य लुकेका छन्। धेरैजसो रहस्य प्रेम सम्बन्ध र यौन शोषणसँग सम्बन्धित छन्। पछिल्लो समय भने यस्ता घटना बाहिर आउन थालेका छन्।

अमेरिकी नागरिक अधिकार अभियन्ता तराना बर्कलाई सन् १९९७ मा यौनहिंसा पीडित एक १३ वर्षीया बालिकाले आफ्नो कथा सुनाउँदा उनी मर्माहत भएकी थिइन्। त्यसको १० वर्षपछि सन् २००६ मा उनले यौनहिंसा र उत्पीडन भोगेकालाई सहयोग गर्ने संस्था स्थापना गरिन्। स्रोत जुटाउन अभियान सुरु गरिन्र, त्यसकोको नाम ‘मी टु’ राखिन्। त्यतिखेर यो अभियानले खासै चर्चा पाएन।

सन् २०१७ अक्टोबर १५ मा अमेरिकी अभिनेत्री एलिसा मिलानोले ट्वीटरमार्फत ह्यासट्याग ‘मिटु’ लाई पुनर्जन्म दिइन्। उनले लेखिन्, ‘तपाईं कुनै बेला यौन उत्पीडनमा पर्नुभएको छ भने यो ट्वीटको प्रत्युत्तरमा मी टु लेख्नुहोला।’ अनि सामाजिक सञ्जालमा यौन उत्पीडन र हिंसाका कथाहरूको बाढी आयो। २४ घण्टाभित्रै ‘मी टु’ शब्दावली पाँच लाख पटक ट्वीट भयो भने फेसबुकमा एक करोड २० लाख वटा पोस्ट भयो। 

‘मिटू’ अभियानकै कारण सन् २०१७ लाई महिलाको वर्षका रूपमा लिइयो। यस अभियानका कारण शक्तिशाली र प्रसिद्ध धेरै व्यक्तिहरूको पतन भयो। केभिन स्पेसी, बिल कस्बी, लुई सीके, जेम्स फ्य्राङ्को, मोर्गन फ्रिम्यानजस्ता विश्वप्रसिद्ध सेलिब्रेटीमाथि पनि आरोप लाग्यो। राजनीतिदेखि लिएर प्राज्ञिक, व्यवसाय र धार्मिक क्षेत्रका शक्तिशाली पनि आरोपित भए।

छिमेकी देश भारतमा पनि कतिपय महिलाले आफूले भोगेको यौन दुर्व्यवहारबारे मुख खालेका थिए। कंगना रनावत, सलोनी चोपडा, मन्दना करिमीलगायत अभिनेत्रीले आफूविरुद्ध भएको मानसिक र शारीरिक शोषणविरुद्ध बोलेका थिए। इकोनोमिक्स टाइम्सले सन् २०१८ लाई ‘मिटुका कारण भारतमा तरंग’ ल्याएको वर्षको रूपमा चित्रित गरेको थियो। 

नेपालमा समेत यसका केही उछाल देखिएका थिए। कलाकारिता, साहित्यजस्ता क्षेत्रमा बहसहरु भए। केही पिडितहरुले मुख पनि खोले। तर, बलिउड र हलिउडभन्दा विल्कुल फरक अवस्था नेपालमा देखियो। आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्नेहरुलाई साथ दिने कम मात्र थिए। जसले साथ दिए, उनीहरुमा त्रास थियो– कतै यो क्षेत्रले नै हामीलाई बहिष्कार गर्ने त होइन?

२०७७ असारमा नेपालको रंगवृत्तमा यस्तै घटना देखियो। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूविरुद्ध दुर्व्यवहार गर्नेको नाम सार्वजनिक गरिन्। निर्माता तथा अभिनेता भुवन केसीले फिल्म छायांकनका क्रममा दुर्व्यवहार गरेको उनले बताएकी थिइन्। उनले सुरुमा फिल्ममा सँगै काम गर्ने क्रममा दुर्व्यवहार गरेको दाबी गरेकी थिइन्। केसीले यसको प्रतिवाद गरेका थिए। त्यसको तीन दिनपछि एक भिडियो सार्वजनिक गर्दै आफूलाई जापानको एक अवार्ड कार्यक्रममा पनि केसीले दुर्व्यवहार गरेको बताइन्। 

दुर्व्यवहारको आरोप लागेपछि मानहानी भएको भन्दै केसीले साम्रज्ञीविरुद्ध कानुनी उपचार पनि खोजेका थिए। त्यो बेग्लै पाटो हो। तर, आफूविरुद्ध भएको दुर्व्यवहारविरुद्ध बोलिरहँदा साम्रज्ञी एक्लै थिइन्। उनको पक्षमा कला क्षेत्रका कसैले पनि खुलेर समर्थन गरेन। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले पल शाह र उनीविरुद्ध बलात्कारको जाहेरी दिने नाबालिग गायिकामा पनि यही परिदृश्य देखिएको छ। जसरी साम्राज्ञी एक्लै थिइन्, उसैगरी ती गायिकालाई पनि एक्ल्याउने प्रयास भएको छ। यति बेला महिला कलाकार पनि कि मौन छन्, कि पल शाहको पक्षमा खुलेका छन्।

अहिले त आरोप मात्र लागेको छ, पल निर्दोष पनि हुनसक्छन्। तर, सार्वजनिक जीवन बिताइरहेका कलाकाहरूको सामाजिक दायित्व हुन्न र? ‘पीडक’लाई साथ दिनु वा आफ्नै क्षेत्रका कसैले ‘पीडित भएको’ बताउँदा त्यसलाई एक्लाउनु भनेको आफ्नै खुट्टामा बन्चरो बजार्नु हो। बस्ती पसेको नरभक्षी जनावरले जसलाई पन आक्रमण गर्न सक्छ।

नेपाली साहित्य होस् वा प्राज्ञिक क्षेत्र, अथवा सामाजिक चासोका अन्य क्षेत्र, महिलामाथि हुने दुर्व्यवहारलाई व्यक्तिगत ठानिन्छ। धेरै नागरिकले नजर लगाइरहेको कलाकारिता क्षेत्रमा त अझ पीडितकै चरित्रमा औँला उठाउनेसम्मका काम गरिएको छ। विगतमा साम्राज्ञीले भोगेको पीडा अहिले नाबालिग गायिकाले भोगेकी छिन्। पीडक भनिएका व्यक्तिविरुद्ध कानुनी कारबाही नहुने हो भने वा गायिकाविरुद्ध लाग्ने हो भने त्यसले अपराध मानसिकता भएको जोकोहीलाई पनि हौसला दिन्छ। कालान्तरमा कला क्षेत्रकै बदनामी हुन्छ। हाम्रा महिला कलाकारले यति पनि बुझ्न सक्दैनन् र?

‘मिटु’ अभियानका बाछिटा नेपाल आइपुगेपछि साप्ताहिक ‘शुक्रबार’ले रंगमञ्चमा भइरहेका दुर्व्यवहारबारे रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त पत्रिकाले केही दिग्गज र अग्रजहरूको नामै किटेर प्रमाण पनि सार्वजनिक गरेको थियो। तर, अधिकांश कलाकारले उसैगरी मौनता साँधेका थिए।

बरु कला क्षेत्रका यस्ता घटनालाई सामान्यीकरण गर्न थालिएको छ। धेरैले ‘यो क्षेत्र यस्तै हो’ भनेर तर्किने गरेका छन्। यो भाष्यले गर्दा कला क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दैछ। 

कला क्षेत्र मात्र होइन सामाजिक सन्जाल पनि ‘पल शाह प्रकरण’ले तातेको छ। पक्ष र विपक्षमा आफ्ना मत जाहेर गर्ने प्रशस्तै छन्। ‘वाक युद्ध’ नै चलेको छ। ‘फ्यान’हरूको वाक युद्धले अन्तत कला क्षेत्रलाई नै प्रदूषित गर्छ भनेर हाम्रा कलाकारले नबुझ्नु अनौठो छ। 

यो प्रकरणपछि म फेसबुकको टाइमलाइन ‘स्क्रोल’ गर्दै थिएँ। पीडित बालिकाका बुवा उमेरका एक व्यक्तिले स्टेटस लेखेका रहेछन्, ‘मन मिले चमत्कार, मन नमिले बलात्कार।’ मलाई अच्चम लाग्यो। मैले उनीसँग इन्बक्समा कुराकानी गरेँ। मान्छेको शारीरिक संरचनाको विकास र कानुनी प्रावधान बुझ्न अनुरोध गरेँ। १८ वर्षभन्दा कम उमेरका बालक होस् वा बालिका, उनीहरूको मानसिक विकास भइनसकेको हुनाले सही समयमा सही निर्णय गर्न सक्दैनन्। त्यसकारणले कानुनले उनीहरूलाई संरक्षण गर्न खोजिएको हो। सही र गलत निर्णय तत्कालै गर्न नसक्ने बालिकाप्रति ‘चमत्कार’ भनेर टिप्पणी नगर्न आग्रह गरेँ। तर, उनी पुरुष न थिए, उनको हेर्ने चस्मा स्वभावतः पुरुषवादी थियो। यहाँ त कतिपय (र कला क्षेत्रका समेत) महिला नै पनि पुरुषको चस्मा लगाएर बालिकाप्रति नकारात्मक टिप्पणीमा उत्रिएका छन्। नकारात्मक टिप्पणी नै नगरे पनि प्रायः सबै महिला कलाकार पुरुषको चस्मा लगाएर मौन छन्।

अघिपछि महिलाबारे अनेक धारणा दिने र ‘गफ’को विषय बनाउने अभिनेत्री रेखा थापा, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, निशा अधिकारीहरु चुइँक्क बोलेका छैनन्। हुन त, ‘मेरो व्यक्तिगत जीवनमा तिमीलाई के चासो?’ भन्ने हुनसक्छ। तर, कलाकारको व्यक्तिगत जीवन साँघुरो हुन्छ। तपाईंको क्षेत्र दूषित भइरहेको छ भने तपाईं नबोलेर को बोल्छ?

भुवन र साम्राज्ञी प्रकरणमा पनि एक युट्युब च्यानलले अभिनेत्री केकी अधिकारीलाई ‘तपाईंहरु किन मौन?’ भन्ने प्रश्न गरिएको थियो। जवाफमा उनले ‘आफूहरु बोल्न नमिल्ने’ भन्दै पन्छिएकी थिइन्। त्यसको कारणमा उनले ‘अदालतमा पुगिसकेको विषयलाई प्रभावित पार्न नहुने तर्क पनि गरेकी थिइन्। अदालतलाई प्रभाव पार्न नहुने तर्कसम्म ठीक मान्न सकिन्छ, तर पीडितलाई न्याय दिलाउने सवालमा पन्छिन मिल्दैन। तपाईं पीडितको पक्षमा बोल्न सक्नुहुन्न भने त्यसले फाइदा पीडकलाई पुग्छ। घाटा समग्र कला क्षेत्रले बेहोर्नुपर्छ।

भोलि कोही पनि अभिभावकले आफ्ना छोराछारीलाई कलाक्षेत्रमा लगाउन हिच्किचाउन सक्छन्। आमनागरिकले हर्ने आँखा बदलिन्छ। कलाकारिता सम्मानित काम नरहन सक्छ। यसलाई जोगाउने पहिलो दायित्व कलाकार र कला क्षेत्रकै मान्छेको हो।

तर्क अनेक गर्न सकिन्छ। तर, ती तर्कले न्याय रोक्न सकिँदैन र हुँदैन।

भन्न सकिन्छ, नाबालिगा कता जान्छिन् र के गर्छिन् भन्ने कुरा अभिभावकले ख्याल गर्नुपर्छ। सुरक्षाको दायित्व बहन गर्नुपर्छ। त्यसको अर्थ समाज निरपेक्ष होइन। अपराध भइसकेपछि पनि यस्ता तर्क गर्न मिल्दैन। अब त कानुनी उपचार खोज्ने नै हो।

महिला हिंसा र मुक्ति लामो यात्रा हो। अवरोध त कति होलान्! कोही बोल्नु वा नबोल्नुबारे इतिहासमा मूल्यांकन हुन्छ नै। आफ्नै क्षेत्रमा यस्ता घटना भइरहँदा मौनता साँध्ने कलाकारबारे पनि इतिहासले मूल्यांकन गर्नेछ। पितृसत्ताको खोल ओढेर महिला मुक्ति हुँदैन। समय कहिल्यै घर्किँदैन। तपाईंलाई बोध भएपछि यो यात्रामा समावेश हुनैपर्छ। 

महिला कलाकारहरू, बोल्नुस्। तपाईंहरू नबोले पनि कोही त बोल्छ। अनि, तपाईं किन मौन बस्नुहुन्छ?

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय शनिबार, वैशाख ५, २०८३
सर्वाेच्चको निर्णयले पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनाएको छ : गगन थापा शनिबार, वैशाख ५, २०८३
होर्मुज नाका व्यावसायिक जहाजका लागि खुला गर्ने इरानी निर्णयको राष्ट्रसंघद्वारा स्वागत शनिबार, वैशाख ५, २०८३
अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह शनिबार, वैशाख ५, २०८३
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्