काठमाडौं– प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ। आइतबार दोस्रोपटक बसेको बैठकको कार्यसूचीमा दुई वटा विषय छन्।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। त्यस्तै, एमसीसीलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन्।
एमालेले लगत्तै बैठकमा अवरोध कायम गरेको छ। बैठक सुरु भए लगत्तै अर्थमन्त्री जनादर्न शर्माले एमसीसीमाथि प्रस्तावित व्याख्यात्मक घोषणा सदनमा छलफलका लागि पेस गरेका छन्।
आइतबारकै पहिलो बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल भएको थियो। सो प्रस्ताव बहुमतले स्वीकृत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।