काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताका सन्दर्भमा सदन र सडकमा उठेका प्रश्नहरुको जवाफ सरकारले व्याख्यात्मक घोषणामार्फत् दिने बताएका छन्।
उनले नेपालको संविधानभन्दा कुनै पनि सम्झौता माथि नहुने भएकाले यसमा सरकारले कुनै सम्झौता नगर्ने बताए। नेपालको संविधानको व्यवस्थाअनुसार सबै देशहरुसँग असंलग्न परराष्ट्र नीति अनर्तगत सहमति हुने पनि शर्माले दाबी गरे।
सैन्य रणनीति, वौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनता लगायतका कुरा उठेका भन्दै उनले स्वाधीनता महत्वपूर्ण विषय भएको बताए। राष्ट्रिय स्वाधीनताप्रति सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।
कुनै सैनिक रणनीतिमा हिस्सेदार हुन सरकार नलाग्ने पनि उनले दाबी गरे। संविधानले निर्देशित गरेअनुसार समाजवाद उन्मुख अर्थतन्त्र बनाउन सरकार अग्रसर भएकाले यसमा शंका नर्गन उनले आग्रह गरे। उनले असंलग्न परराष्ट्र नीतिका आधारमा समान व्यवहार सरकारको पहिलो प्राथमिकता भएको उनको भनाइ छ।
नेपाललाई शान्ति चाहिने भन्दै मन्त्री शर्माले संसद्को अवरोध हटाउन सरकारको निरन्तर पहल भएको दाबी गरे। उनले प्रधानमन्त्री र सभमुखबाट यस्तो प्रयास भएको उल्लेख गरे।
उनले नेपालको संविधानमा भएको कानुन नै नेपालले मान्ने भन्दै विकासका लागि गरिने सम्झौताको आफ्नै मूल्य र मान्यता हुने उनले बताए। उनले सडकमा उठेका आवाज र प्रश्नहरुमा सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रचलित नेपालको कानुनअनुसार व्याख्यात्मक घोषणा तयार गरि सरकारका तर्फबाट प्रस्तु हुने बताए। राष्ट्रको हितमा विकास सम्झौता अघि बढ्ने भन्दै उनले सडकमा रहेकाहरुलाई पनि सरकारले दिने घोषणामार्फत् नै जवाफ दिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।