काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत एमसीसीका विषयमा सबै दलले 'मेरै गोरुको बाह्रै टक्का' भनेरे मात्रै नपुग्ने बताएका छन्। आइतबार प्रतिनिधि सभामा बोल्दै बस्नेतले एमसीसीका विषयमा यथार्थ कुरा बाहिर ल्याएर मुलुकलाई एकताबद्ध बनाउनुपर्ने बताएका हुन्।
‘आ–आफ्नो इगो छोडेर मुलुकप्रति जिम्मेवार भएर उठिरहेका विषयमा गम्भीरतापूर्वक छलफल गर्न जरुरी छ। राष्ट्रियता, लोकतन्त्र, संलग्नता असंलग्नता सायद एमसीसीसँग जोडिएका विषयहरु हुन्। यी विषय एमसीसीसँगै छलफल गर्नु पर्नेछन्’, बस्नेतले भने, ‘एमसीसीका भाषा र जनस्तरमा उठेका विषय दुवैलाई केलाउँदा केही गम्भीर प्रश्न उठेका छन्। यो आर्थिक परियोजना मात्रै हो वा यसले थप दायित्व सृजना गर्दै छ। कम्प्याक्टमा उल्लेखित अन्य विषयहरू पनि छन्। त्यहाँ वौद्धिक सम्पतिको विषय हुन्। लेखापरीक्षण, संविधान सम्झौताभन्दा माथि छन् वा छैनन् भन्ने छ। यसको तर्कपूर्ण र तथ्यपूर्ण दिएर मात्रै राष्ट्रलाई एकतावद्ध गर्न सक्छौं।’
एमसीसीलाई लिएर राष्ट्र ध्रुविकृत हुँदै गइरहेको बताउँदै बस्नेतले त्यसमा आमजनतालाई एकताबद्ध बनाउने जिम्मेवारी दलकै भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।