काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौतालाई प्रतिनिधि सभाबाट पारित गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभामा जारी एमसीसीमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले एमसीसीमा प्रत्युक्त भाषा अन्तर्राष्ट्रिय स्टान्डर्ड अनुसारकै भएको बताए।
उनले आफूहरुसँग भएको स्रोतले साधारण खर्च धान्न पनि गाह्रो रहेको भन्दै विकासका लागि सहयोगहरु चाहिएको बताए। उनले एमसीसी पारित गर्नुपर्ने र चीन र भारतबाट पनि सहयोग लिएर विकास गर्नुपर्ने बताए।
'६० अर्बको एमसीसी पारित गरौँ। चीन गएर ७० अर्ब देऊ भनौँ। भारत गएर ८० अर्ब देऊ भनौँ', उनले भने, 'सबैतिरबाट स्रोत ल्याएर विकास गरौँ।'
थापाले अहिले संसद्मा रहेको नेमकिपाभन्दा बाहेक सबै राजनीतिक दलहरु एमसीसीसँग जोडिएको बताए। सबै पूर्वप्रधानमन्त्रीहरु पनि यसमा जोडिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।