काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले एमसीसीलाई विशुद्ध विकासको योजना बनाउनुपर्ने बताएका छन्।
उनले एमसीसी सम्झौतामा केही प्रश्नहरु रहेको र त्यसलाई सम्बोधन गर्न सरकारले व्याख्यात्मक घोषणाको तयारी गर्नुलाई सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा भाग लिँदै उनले एमालेले यो सम्झौता संसद्मा लाने निर्णय गरेको तर अहिले आफैं अवरोध गरेर गलत काम गरेको आरोप उनले लगाए।
‘एमसीसीबारे आज संसद्मा अवरोधबिना छलफल गर्न पाएको भए हुने। तर, दु:ख लागेको छ’ उनले भने, ‘प्रतिपक्षले संवैधानिक सर्वोच्चता कायम गर भनिरहेको छ। तर, अदालतमा विचाराधीन विषयमा छलफल गर्न माग गरेकाले संविधान हेर्न र नियमावली अध्ययन गर्न जरुरी छ।’
उनले सडकमा आन्दोलनदेखि सबैतिर प्रश्न उठेकाले जवाफ दिनुपर्ने अवस्था देखिएको बताए। श्रेष्ठले यो सैनिक गठबन्धनसँग जोडिएको विषय हो कि हैन र नेपालको कानुन सर्वोच्च हो कि हैन भन्ने प्रश्न पनि उठेको बताए।
उनले नेपालको सार्वभौम सत्तालाई असर गर्छ कि गर्दैन भन्ने प्रश्नको समाधान गर्नुपर्ने अवस्था रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।