काठमाडौं- प्रतिनिधिसभा सांसद हृदयश त्रिपाठीले एमसीसी नितान्त विकास परियोजना र अनुदान भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नेकपा एमालेले नारा लगाइरहेको छ। यो अकारण होइन। यसको आवश्यकता वा कारण बुझ्नुपर्छ। समस्या तपाईंको गठबन्धनमा देखियो प्रधानमन्त्रीज्यू,’ उनले भने,‘त्यो अहिले आएर स्वतः पत्र जारी गर्न माग गर्दछु। प्रतिपक्षबाट होइन की गठबन्धनबाट नै प्रधानमन्त्री समस्या हुनुहुन्छ।’
उनले नेपालले थुप्रै सहयोग यसअघि पनि लिँदै आएको भन्दै अहिलेको पनि विकास परियोजना नै भएको बताए।
‘अहिले केही नेताहरुले स्वाभिमानको कुरा गरिरहनुभएको छ,’ उनले भने,‘लाखौं नेपाली खाडीमा छन्। त्यहाँ कहाँ छ स्वाभिमान र स्वाधिनताको कुरा?’
सरकारमा पनि बस्ने र सडकमा नेता कार्यकर्ता पनि उत्रार्ने काम भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।