काठमाडौं- नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले एमसीसीका सन्दर्भमा गरिने व्याख्यात्मक घोषणाले सम्झौतालाई परिमार्जन वा विकसित गर्न नसक्ने बताएका छन्। तर, त्यस्तो घोषणा गर्नु अहिलेको बाध्यता भएको बताए।
'एमसीसीका बारेमा जुनसुकै खालका व्याख्यात्मक टिप्पणी लेखिए पनि त्यसले अहिले भएको सम्झौतालाई न परिमार्जन गर्छ, न विकसित गर्छ। न त्यसलाई परिवर्तन गर्छ', आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने।
उनले दुनियाँको धेरै देशमा यो सम्झौता लागू भइरहेको तथ्यांक प्रस्तुत गरे। उनले एमसीसी आयो भने अमेरिकी कानुन लाग्छ भन्ने जस्ता विषयमा भ्रामक प्रचार गरिएको बताए।
रिजालले सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले कार्यकर्तालाई भ्रमको खेती गरेकोमा असन्तुष्टि जनाए। उनले नेपाली जनतालाई गुमराहमा नराख्न आग्रह गरे। प्रमुख प्रतिपक्षी दललाई पनि नारा लगाएर मात्रै नहुने उनको आग्रह थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।