काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेल र अञ्जना विशुंखेले एमसीसीको विपक्षमा भोट हाल्ने भएका छन्।
माओवादी केन्द्रले एमसीसी व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्न पक्षमा उभिएपछि पोखरेल र विशुंखेले पक्षमा भोट नहाल्ने भएकी हुन्।
माओवादी केन्द्रको निर्वमान स्थायी समिति बैठकमा नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा, प्रमुख सचेतक देव गुरुङ, नेताहरू गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले असन्तुष्टि पोखेका थिए।
तर, अन्तिममा पोखरेल र विशुंखेले मात्रै एमसीसीको विपक्षमा मत हाल्ने भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।