काठमाडौं– प्राध्यापक श्रीधर खत्री अमेरिकाको राजदूत नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आइतबार खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।