काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले एमसीसी सम्झौता अनुमोदन गर्न संकल्प प्रस्ताव वा व्याख्यात्मक घोषणाबाट सम्झौताका राष्ट्रघाती प्रावधानहरु सच्याइने कुरा जनतालाई ठग्नु मात्र भएको बताएका छन्।
आइतबार संसद्मा बोल्दै रावलले एमसीसी व्याख्यात्मक रुपमा पारित गर्नु महाकाली सन्धि अनुमोदनका बेलाको जस्तै निरर्थक संकल्प प्रस्ताव हुने दाबी गरे।
‘संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीबाट सम्झौताका राष्ट्रघाती प्रावधानहरु सच्याइने कुरा गर्नु जनतालाई ठग्नु हो। यस्तो कुरा महाकाली सन्धि अुनुमोदन गर्ने बेलाको निरर्थक “संकल्प प्रस्ताव” जस्तै हो’ रावलको व्यक्तव्य नोटमा छ, ‘अतः राष्ट्रिय स्वाधीनता र हितको पक्षमा सशक्त रुपमा उठ्न देशभक्त नेपाली जनतालाई हार्दिक आव्हान गर्दछु। सम्झौताको अनुमोदनको पक्षमा उभिने नेताहरुलाई इतिहासले राष्ट्रप्रति गद्दारी गर्नेहरुको रुपमा अंकित गर्नेछ।’
यस्तै, रावलले राष्ट्रिय सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा दीर्घकालीन रुपमा आघात पुर्याउने प्रावधानहरु र नेपाली जनताले देशव्यापीरुपमा उठाएको आवाजप्रति वेवस्ता गर्दै निहित सत्ता स्वार्थका लागि जबर्जस्ति सम्झौता अनुमोदन गराउन खोजिएकव भनेका छन्।
सत्ता र कुर्सीका लागि राष्ट्रिय स्वाधीनता र हितलाई गौण ठान्ने सोच र व्यवहार निन्दनीय भएको रावलको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।