काठमाडौं– राप्रपाका अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देनले एमसीसी तत्काल स्थगित गरेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने मात्र बताएका छन्। त्यसपछि मात्रै एमसीसीलाई टुंगो लगाउनुपर्ने बताए।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले भने, ‘सभामुखमार्फत् सरकारसँग आग्रह गर्न चाहन्छु आर्थिक सहायताको विषय मात्रै होइन। नेपाली जनता विभाजित भइरहेको अवस्थामा राष्ट्रिय सहमति कायम गरेर मात्रै टुंगो लगाउने वातावरण बनाउनुपर्छ।’
उनले संसद्मा हुने सबै काम ठीक नहुने भन्दै यसको दफा दफामा गएर छलफल गर्नुपर्ने माग गरे। ‘महाकाली सन्धि गर्दाको कुरा नै हेरौं। त्यसको हामीले कस्तो अवस्था भोग्नुपरेको छ। संसद्ले गर्ने हरेक निर्णय ठीक हुन्छ भन्ने हुँदैन,’ उनले भने, ‘कोलाहल वातावरणमा गरिने निर्णय उचित हुँदैन। हो–हल्लाको बीचबाट प्राविधिक प्रक्रिया मात्रै पूरा गरेर टुंगो लगाउनु हुँदैन।’
उनले वैदेशिक सम्बन्धमा गम्भीर हुन सबै राजनीतिक दलहरुलाई आग्रह पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।